रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन्। राजीनामा पत्र बोकेर बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई फर्किएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लने तयारी गरेकाले सहयोग गर्न भनेपछि रास्वपाका मन्त्रीहरु तत्काल राजीनामा नबुझाउने मनस्थितिमा पुगेका हुन् । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठ राजीनामाको तयारीसहित बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

यसअघि हिजो नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.