धनगढीमा पानीको खाल्टोमा डुबेर बालिकाको मृत्यु

कैलाली-धनगढीमा पानीको खाल्टोमा डुबेर बालिकाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१० जुगेडाका बिनोद रानाको ४ वर्ष ५ महिनाकी छोरी अनाया रानाको शुक्रवार मृत्यु भएको हो।

आफ्नै घर आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर अनाया बेहोस भएकी थिइन्। उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्‍याउदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.