मेलौलीमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न, गत शैक्षिक सत्रको समिक्षा

बैतडी : मेलौलीमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ। मेलौली नगरपालिका शिक्षा शाखाको आयोजनामा सोमबार पालिका भरिका विद्यालयहरुका सम्पूर्ण प्रधानाध्यापकहरुको बैठक एवं समिक्षा कार्यक्रम सम्पन्न भएको शिखा अधिकृत मनु क्षेत्रीले बताउनुभयो।

बैठकमा शैक्षिक सत्र २०८० को नतिजाका बारेमा गहिरो समिक्षा गरिएको छ। गत शैक्षिक सत्रको नतिजालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्रको नतिजामा सुधार ल्याउनका लागि छलफल गरिएको जनाईएको छ।

प्रधानाध्यापकहरुलाई नगर प्रमुख भिम बहादुर चन्दले शैक्षिक स्तर बलियो बनाउन निर्देशन दिनु भएको छ। शैक्षिक स्तर सुधारका लागि नगरपालिकाबाट हुने जुनसुकै सहयोग गर्न आफु प्रतिवद्ध रहेको नगर प्रमुख चन्दले बताउनुभयो।

बैठकमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, समाजिक विकास समिति संयोजक, वडाध्यक्षहरु, शिक्षा शाखा प्रमुख लगायत पालिका भरिकै ४६ विद्यालयका प्रधानाध्यापकहरु सहभागि भएका थिए।

Leave A Reply

Your email address will not be published.