मेलौलीका १९ वर्षिया किशोर ६ दिनदेखि सम्पर्क विहीन

मेलौली न्यूज
पौष २० मंगलबार,२०७८

मेलौलीका एक १९ बर्षिया किशोर ६ दिनदेखि बेपत्ता भएका छन । मेलौली नगरपालिका–१ जर्कुका केशव सिंह नायक ६ दिनदेखि सम्पर्क विहीन भएको पारिवारिक स्रोतले जनाएको छ।

सुस्त मनस्थितिका ति किशोर मेलौली–१ जर्कुबाट यहि पौष १४ गतेदेखि सम्पर्क विहीन भएको उनका आमा पार्वती नायकले जानकारी दिनुभयो ।

मेलौली नगरपालीका–२ मा रहेको स्थानिय सलेना बजार तिर गएको र त्यहीँबाट बिहान १० बजेदेखि सम्पर्क विहीन भएको उनकि आमाले बताउनु भएको छ ।

सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन, उनकि आमाले भन्नुभयो । छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर गरेको तर कतैबाट पनि केहि खबर नआएको उनले आमाले दुखेसो गरेकि छिन ।

सम्पर्क बिहीन बनेका ति किशोर स्पष्टसँग बोल्न नसक्ने र आफू जन्मेको ठाउ समेत बताउन नसक्ने पारिवारिक स्रोतले जनाएको छ ।

सम्पर्क बिहनि रहेका ति किशोरलाई परिवारले खोजी गरिदिन सबैमा आग्रह गरेका छन। सम्पर्क बिहिन केशवलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी चौकी वा ९८६५६०५८१२ मा सम्कर्क गरिदिन अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.