बैतडी : नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भानबहादुर चन्द (भास्कर) चयन हुनुभएको छ। काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनले सहमतीबाट भास्करलाई अध्यक्षमा चयन गरेको हो।
समितिको उपाध्यक्षमा दिपेन्द्र भट्ट,महेश महता, सचिवमा मनमोहन भट्ट, हर्ष साउँद,कोषाध्यक्षमा निलम लेखक,सहसचिवमा जनक बहादुर साउँद,दिनेशबहादुर बोहरा चयन हुनुभएको छ। यस्तै सदस्यहरुमा रविन चन्द,भुवन क्षेत्री,रमेशप्रसाद भट्ट,हेमन्तराज भट्ट,अमित केसी,हेमन्त नेगी र विष्णुदत्त पाण्डेय रहेका छन् ।
समितिको कार्यकाल दुई वर्षको हुने निर्वाचन समन्वय समितिका सदस्य दीपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
यसअघि अधिवेशनको उद्घाटन समारोह सम्पन्न थियो । बैतडी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष ईन्जिनियर दिनेश भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवहाक सभापति लोकराज अवस्थी,नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द , कांग्रेस बैतडीका पूर्व सभापति तथा पूर्वमन्त्री नरबहादुृर चन्दलगायतको उपस्थितीमा रहेको थियो।