बैतडी-जिल्लाको मेलौली नगरपालिका वडा नं २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गत आ.व २०८०र८१ सार्वजनिक सुनुवाई तथा को प्रगति समिक्षा काार्यक्रम सम्पन्न भएको हो ।
वडा कार्यलयको आयोजनामा सोमबार वडामा बार्षिक सार्वजनिक कार्याक्रम सम्पन्न गरेको वडा कार्यालयले जनाएको छ । ।
वडा नम्बर–२ का वडाध्यक्ष कृष्णदत्त भट्टले वडा कार्यालयको भवन निर्माणका लागी जग्गाको विषयमा कुरा भईरहेको र वडा कार्यालयभित्रका टोल बस्तीलाई समेट्ने गरि सडक,खानेपानीको व्यवस्था मिलाउन आवश्वक छलफल गरिरहेको बतानुुभयो । साथै वडा भित्रका सवै विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धीका लागी प्रधानाध्यापक र विव्यस,शि.अ.स का पदाधिकारीहरु संग छलफल भएको समेत वडा अध्यक्ष भट्टले जानकारी दिनुुभयो ।स्वाथ्य चौकीको व्यवस्थापन गरेको लगायतका प्रगतिका कार्य गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले वताउनुुभयो ।
वडा मार्फत भएका कामको पार्दर्शिता र जवाफदेहिता तथा वडा स्तरीय सवाल जवाफ सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको वडा सचिव भान बहादुर चन्दले बताउनुुभयो । वडा मार्फत भएका कार्यक्रम तथा योजना र कामको बारेमा सहभागीहरुले जिज्ञाशा तथा प्रश्न गरेका थिए भने वडाध्यक्ष कृष्ण दत्त भट्टले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।