बैतडी-नेकपा(एमाले) बैतडीको जिल्ला इन्चार्जमा लिलाधर भट्ट चयन भएका छन् । पार्टीले हिजो निर्धारण गरेको नयाँ जिम्मेवारी अनुसार केन्द्रीय कमिटी सदस्यको भुमिकामा रहेका भट्टलाई पार्टी जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको हो ।
विद्यार्थी जिवनबाट राजनितिक करिअरको सुरुवात गरेका नेता भट्ट २०४८ सालमा प्रवासि नेपाली संघ भारत पिथौरागडमा आवद्ध भएका थिए ।
२०५५ सालमै पार्टी जिल्ला कमिटि सदस्य भएका उनि २०५७मा अनेरास्ववियुका महाकाली अञ्चल सचिव बने । उनि वि.स.२०६६ देखी ०६८सम्म युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा सु.प.इन्चार्ज, ०६६देखी ०६८सम्म पार्टी जिल्ला सचिवालय सदस्य, ०६८ देखी ०७५ सम्म पार्टी जिल्ला सचिव, ०७५ देखी ०७७ सम्म प्रदेश कमिटि सदस्य हुदैँ ०७८ देखी हालसम्म पार्टी केन्द्रीय कमिटी सदस्यको भुमिकामा रहेका छन् । उनि निवर्तमान प्रदेश सभा सांसद समेत हुन् ।
यस्तै एमालेले कैलालीको इन्चार्जमा नारदमुनी राना, कंचनपुरमा नीरुदेवी पाल, बाजुरामा लालबहादुर थापा, डोटीमा गौरी ओली, बझाङमा भैरवबहादुर सिंह, अछाममा झपड बोहरा, दार्चुलामा गणेश बहादुर ठगुन्ना र डडेल्धुरामा पठानसिंह बोहरालाई इन्चार्जको भुमिका प्रदान गरेको छ ।