बाजुराका दुई युवायुवती काठमाडौँको एक गेष्टहाउसमा मृत फेला

धनगढी -काठमाडौँको सिनामङ्गलस्थित एक गेष्ट हाउसमा युवा र युवती मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी अन्दजी २) वर्ष कि करिष्मा सार्की मृत भेटिएको बताए।

महानगरपालिका– ९स्थित शान्ता कार्कीले सञ्चालन गरेको होटल झर्ना गेष्ट हाउसको कोठा नम्बर ४)२ मा उनीहरु यही साउन १५ गतेदेखि बस्दै आएका थिए। होटलका कर्मचारीले आज मध्याह्न खाना खाने निधो गर्नका लागि कोठामा जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त खबरपछि घटनास्थलमा प्रहरी पुगेकोमा ढोका खोली हेर्दा दुवैजना मृत फेला परेको उनले बताए।

Leave A Reply

Your email address will not be published.