काभा महिला भलिबल: उपाधिको लागि नेपाल आज भारतसँग भिड्दै

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपाधि नजिक पुगेको छ। इरानलाई हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै नेपालले फाइनलमा स्थान सुनिश्चित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो। अन्तिम सेट नेपालले २५–२० ले जितेको हो ।

नेपालले अब उपाधिका लागि आज भारतसँग खेल्नेछ ।

Leave A Reply

Your email address will not be published.