प्रधानमन्त्री केपी शर्मा ओली आज हुने काभा महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ।
प्रतियोगितामा आज हुने नेपाल र भारतबीचको फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा साँझ ५ बजेदेखि शुरु हुँदैछ।
घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३-० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। लिग चरणमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको थियो।