बझाङमा पहिरोले २ घरमा क्षति, ३ गोरु मरे

बझाङ-बझाङमा पहिरोले २ घरमा क्षति पुगेको छ भने ३ वटा गोरु मरेका छन्।

जिल्लाको तलकोट गाउँपालिका–४ पनाल्ताका गुड्डु जेठारा र मिनबहादुर जेठाराको घरमा क्षति पुगेको छ। गुड्डुको २ कोठे गोठ पहिरोले पुरिँदा गोठमा रहेका ३ वटा गोरु मरेका छन्। भने मिनबहादुरको २ तले २ कोठे घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Leave A Reply

Your email address will not be published.