बैतडी: पाटन क्रिकेट क्लबले चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि आन्तरिक तयारी थालेको छ । पाटन प्रिमियर लिग सिजन –४ (पिपिएल–४) को लागि क्लबभित्रै आन्तरिक छलफल चलाएको हो।
शनिबार पाटन नगरपालिकाको सभाहलमा क्रिकेट क्लबलाई पूर्णता दिएको छ भने पिपिएल–४ को आन्तरिक तयारीबारे छलफल भएको हो। आज भएको भेलाबाट कार्यसमितिका सदस्यहरुको पदपुर्ती गरिएको छ। समितिमा निस्कृय रहेका सदस्यहरुको ठाउँमा नयाँ सदस्य राखिएको क्लबका सह(सचिव दिलेन्द्र ठगुन्नाले जानकारी दिए।
आगामी भदौ १ गते बस्ने बैठकबाट पिपिएल–४ का विषयमा थप निर्णय गरिने क्लबका सचिव हरिश केसीले जानकारी दिए। यस वर्ष आयोजना हुने पिपिएल–४ लाई थप भव्य तरिकाले आयोजना गर्ने तयारी भइरहेको क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। भेलाका सहभागिहरुले क्रिकेट खेल प्रतियोगितमामा पाटन क्रिकेट क्लबले खेल्दै आएको भूमिकाका विषयमा चर्चा गरिएको थियो।
भेलामा सहभागि वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले खेलकुदको कार्यक्रममा आफ्नो सहयोग सधै रहने जनाए। खेलकुद आयोजनामा निजि क्षेत्रले पु¥याएको योगदानको पनि चर्चा गरिएको थियो।
नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व गर्ने खेलकुदप्रति आस्थावन प्रतिनिधिहरुलाई यस क्लबमा आबद्ध गर्ने क्लबको उदेश्य रहेको छ। सोही अनुसार अधिकांश वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई कार्यसमितिमा राखिएको छ।