बैतडी: सुर्नया गाउँपालिका २ ग्वानीका मान बहादुर बिष्ट मलेसियामा अस्ताएका छन्। शुक्रबार काम सकेर साझँ कोठामा फर्केका मान बहादुरको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए। मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसार उपचारको क्रममा राती १० बजे मान बहादुरको मृत्यु भएको हो।
मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मान बहादुरको शव पोस्टमार्टमका लागी अस्पतालमै राखिएको छ। शनिवार आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेन। मलेसियामै रहेका पुर्ण बहादुर बिष्टका अनुसार आइतबार पनि विदा भएका कारण सोमबार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने छ।
त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ। परदेशमै मान बहादुरको मृत्यु भएपछि उनको परिवार शोकमा डुवेको छ। परिवारको लालन पालन र बालबालिकाको भविश्य बनाउन परदेश पसेका मान बहादुर उतै अस्ताएपछि सिगों परिवार शोकमा छ।
परिवारले उनको शव चाँडै नेपाल ल्याउने वातावरण मिलाउन आग्रह गरेका छन्।