बैतडीको पञ्चेश्वरमा सञ्चालित यु–१९ क्रिकेट प्रतियोगिता सम्पन्न, माहाकाली बिजेता

बैतडी : पञ्चेश्वरमा सञ्चालित यु–१९ क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। यहि श्रावण ३० गतेबाट सञ्चालन भएको प्रतियोगितामा शनिवार सम्पन्न भएको आयोजक कमिटी सदस्य बिरेन्द्र भट्टले जानकारी दिए।

प्रतियोगितामा १५ टिम सहभागि भएका थिए। शनिवार भएको फाईनल खेलबाट माहाकालीको टिम बिजेता र आमचोरका टिम उपबिजेता भएको छ। बिजेतालाई ९ हजार र उपबिजेताले ५ हजार पुरुस्कार प्रदान गरिएको भट्टले जानकारी दिनुभयो।

गौरा पर्वको अवशरमा सञ्चालन भएको प्रतियोगिता पञ्चेश्वर गाँउपालिका–०४ को केदारमाण्डु पोखरालेक खेल मैदानमा सञ्चालन भएको थियो। खेल क्षेत्रको विकासका लागि प्रतियोगिता सञ्चालन गरिएको आयोजक कमिटीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.