महिला टी ट्वान्टी विश्वकप यूएईमा हुने

महिला टी ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ। असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो। बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो।

बङ्गलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको जनाएको थियो। तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएको छ।

बीसीसीआईले विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि यूएई, श्रीलङ्का र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए।

यूएईले यसअघि सन् २०२१ को पुरुष टी –२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो। १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ।

Leave A Reply

Your email address will not be published.