सुदूरपश्चिममा जेठ २८ यता विपदबाट १५ जनाको मृत्यु

कैलाली-सुदूरपश्चिममा २०८१ जेठ २८ यता विपदबाट १५ जनाको मृत्यु भएको छ।

बाढी, पहिरो लगायतका विपदमा परी शुक्रबार दिउँसोसम्म १५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ। ३४ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। सो अवधिमा १ सय १ जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी १ जना बेपत्ता भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.