धनगढीमा एक बालकको पानीमा डुबेर मृत्यु

धनगढी -कैलालीको धनगढीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका १० बस्ने राजु रानाको छोरा ३ वर्षीय आर्यन रानाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर शुक्रवार मृत्यु भएको हो। पानीमा डुबेर घाइते भएका आर्यनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिननै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.