बैतडी -नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु मेलौली नगर कमिटिको अध्यक्षमा जेनिसा नायक चयन हुनुभएको छ ।
शनिबार सम्पन्न कमिटीको भेलाबाट उर्मिला नायकको अध्यक्षतामा २३ सदस्यीय नगर कमिटी गठन भएको हो।कमिटिको उपाध्यक्षमा शन्तोष विष्ट, सचिबमा हरिश भट्ट, सहसचिवमा रोशन दयाल,जयन्द्र भट्ट र कोषाध्यक्षमा अंशु विष्ट चयन हुनुभएको छ ।
उर्मिला नायककोे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा अनेरास्ववियुका जिल्ला कमिटी सह सचिव शन्तोष जोशी तथा विशिष्ट अतिथिहरुमा ने.क.पा एमाले प्रदेश सल्लाहकार परिषद कमिटी सदस्य लक्ष्मण भट्ट मेलौली नगर अध्यक्ष भीम दत्त भट्ट, लगायतको उपस्थिति रहेको थियो ।