कैलालीमा करेन्ट लागेर एक महिला घाइते

धनगढी– कैलालीमा करेन्ट लागेर एक जना महिला घाइते भएकी छिन्।भजनी नगरपालिका–६ बसाह की ३५ वर्षीय अनिता डगौरा घाइते भएकी हुन्। उनी आफ्नै घरमा झाडु लगाउने क्रममा स्टेन पंङ्खाबाट बुधवार करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.