भारतको पञ्जाबमा पहिलोपटक गौरा पर्व तथा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।देउडा गीत प्रतिष्ठान पञ्जाब लुधियाना भारतको आयोजनामा पहिलो पटक गौरा पर्व तथा तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा राष्ट्रिय लोक तथा देउडा गायक तथा निर्देशक सौगात ओझा, मोडेल ऐश्वर्य बिस्ट र राधिका बीसी, हास्यकलाकार तथा निर्देशक सुरेन्द्र संगम, लोक तथा दोहोरी गायक खुमन सिह लगायत प्रवासी स्थानीय कलाकार हरूको बेजोड प्रस्तुती रहेको आयोजकले जनाएको छ।
नेपालका राष्ट्रिय तथा स्थानीय कलाकाहरूको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम भारतको पञ्जाबमा पहिलोपटक सम्पन्न गरिएको देउडा गीत प्रतिष्ठान पञ्जाब लुधियाना भारतका संस्थापक अध्यक्ष नारायण दत्त भट्टले बताएका छन्।
सुदूरपश्चिमको मौलिक गौरा पर्व भारतको पञ्जाबमा रहेका नेपालीहरूसँग मिलेर मनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन्। साथै आगामी दिनमा पनि सुदूरपश्चिमको कला संस्कृति जगेर्ना गर्ने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने उनको भनाई रहेको छ।
देउडा गीत प्रतिष्ठान पञ्जाब लुधियाना भारतका अध्यक्ष लोकेश बाबुको अध्यक्षता रहेको उक्त कार्यक्रममा ग्लोबल इन्स्टिच्युटका सिओ बीबी भण्डारीको प्रमुख आतिथ्य रहेको थियो।