बैतडीका पत्रकार विष्ट क्रिकेट संघद्वारा सम्मानित


माघ ५, बुधबार,२०७८
बैतडी- क्रिकेटको विकासका लागि कलम चलाएको भन्दै बैतडी जिल्ला क्रिकेट संघले यहाँका एक पत्रकारलाइ सम्मान गरेको छ । संघले राष्ट्रिय समाचार समितिका बैतडी समाचारदाता विनोद सिंह विष्टलाई बुधबार सम्मान गरेको हो ।
बैतडी जिल्लामा क्रिकेट खेल क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान पुगाएको भन्दै पत्रकार विष्टलाई नगद २५०० सहित सम्मान गरेको हो।
संघको सातौ जिल्ला अधिवेशनको अवसरमा विष्टलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्र सिंह थापा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले दोसल्ला,प्रशंसा पत्र नगदसहित सम्मान गर्नुभएको हो ।
सम्मानित हुनुभएका पत्रकार विष्टले उक्त सम्मानले अगामी दिनमा पनि क्रिकेट र खेलकुदको विकासमा कलम चलाउन थप हौसला पुगेको बताउनुभएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर घएका पत्रकार विष्ट १२ वर्षदेखि क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.