बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, अमर राज जोशी हाजिर भएका छन । बिहीबार एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृत जोशीको स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा पाटन नगरपालिका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा सहित जनप्रतिनिधि, विषयगत समितिका सयोजक एवं जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।