आज विश्व रेबिज विरुद्धको दिवस

आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ। रेबिजको रोकथाम र चेतना जगाउने उदेश्यले हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ। यसवर्ष विश्व रेबिजविरुद्धको दिवस, ‘रेबिजको सीमा तोड्दै’ तय गरिएको छ। नेपालमा ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्षको रेबिजविरुद्धको दिवस मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। कुकुर, बिरालो, स्याल, चमेरोलगायत सङ्क्रमित जनावरको टोकाइबाट रेबिज सर्छ। रेबिजबाट बच्नको लागि टोकाइपछि तुरुन्तै खोप लगाउनु डाक्टरको सुझाव छ। घरमा पालेको कुकुरमासमेत सङ्क्रमण हुन सक्ने भएकाले टोकेको अवस्थामा रेबिजविरुद्धको खोप लगाउन सुझाव छ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ। सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न चुनौती कायमै छ।

Leave A Reply

Your email address will not be published.