बैतडी-बैतडीमा सोह्र वर्षमुनिको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता आगामी कात्तिक पहिलो साताबाट सञ्चालन हुने भएको हो।
नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रमअनुसार नै यहाँ पनि प्रतियोगिताको आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।
प्रतियोगिताको लागि छिम दर्ता खुला गरिएको छ। सहभागी हुन चाहने निजी तथा सामुदायिक विद्यालयहरूले असोज २७ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो।
आगामी कात्तिक ३ गतेदेखि सुरू हुने प्रतियोगिताका खेलहरू निङलाशैनी खेल मैदान,देहिमाण्डौमा सञ्चालन हुनेछन्।
प्रतियोगितालाई छनौट प्रतियोगिताका रूपमा समेत लिइएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको यू(१६ टोलीका लागि छनौट गरिने अध्यक्ष चन्दको भनाइ छ।
विद्यालयस्तरीय यस प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।