देशभर बिहान बेलुका विस्तारै चिसो बढ्न थालेको छ। पछिल्लो केही दिन यता काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम विस्तारै घट्न थालेसँगै चिसो पनि बढ्न थालेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम ३०/३१ डिग्री सेल्सियस हुने गरेकोमा अहिले २८/२९ डिग्री सेल्सियमा झर्न थालेको छ ।
त्यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतमा तापक्रम पनि १६ डिग्री सेल्सियमा झरेको छ। त्यस्तै विराटनगरमा अक्टोबर आठ अर्थात् यही २२ गते अधिकतम तापक्रम ३३ डिग्री भएकोमा अहिले ३१ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै न्यूनतम तापक्रम २३ डिग्री सेल्सियसमा झरेको छ।
धनगढी ,नेपालगञ्ज, धनकुटा, भैरहवा, लगायका देशभरकै तापक्रम विस्तारै घट्नेक्रममा रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो। मौसमविद् लामिछानेका अनुसार तापक्रम घट्ने दर सबै ठाउँको एउटै नहुँने र ठाउँ अनुसार फरक फरक हुने बताउनु भयो।
नेपालबाट १० दिन ढिलो गरेर अस्ति १२ अक्टोबरका दिन मनसुन बाहिरिसकेको छ। मनसुनी वायु बाहिरए पछि तापक्रम घट्ने थाल्ने मौसमविद्को भनाइ छ।