पाटन प्रिमियर लिगः गुरुखोला र पञ्चेश्वरको शानदार शुरुवात

बैतडी-बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको छैठौं दिन आज पनि दुई खेल सम्पन्न भएका छन् । जसमा टिम कोइनोडा गुरुखोला लायन्स र पञ्चेश्वर गाउँपालिका विजयी भएका छन् ।

पहिलो खेलमा गुरुखोलाले सागर स्पोट्स क्लब,मेलौलीलाई ८ विकेट हरायो । जितका लागि पाएको ६९ रनको लक्ष्य गुरुखोलाले ४ दशमलब ५ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य भेट्टायो ।जसमा लोकेश चन्दले अविजित ४९ रनको योगदान गरे ।सागर स्पोट्सका लागि आकाश विष्टले १ विकेट लिए ।

यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको सागर स्पोट्स १३ दशमलब ४ ओभरमा ६८ रनमा समेटियो ।जसमा धु्रव नायकले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

गुरुखोलाका लागि विकास आग्रीले ३ विकेट लिए । म्यान अफ द म्याच समेत चुनिएका विकासले ३ ओभर बलिंग गर्दै २ मेडन राखेर ४ रन खर्चिदै ३ विकेक हात पारेका हुन् ।

आजै सम्पन्न अर्को खेलमा पञ्चेश्वरले पाटन स्टार क्रिकेट क्लबलाई ८६ रनले हरायो । टस हारेर पहिला ब्याटिंग गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २३३ रन बनायो ।जसमा कप्तान अभिशेक पालले १४२ रनको सतकीय पारी खेले । स्टारका लागि धिरेन्द्र ऐरीले ३ तथा पञ्कज चन्दले २ विकेट लिए ।

जितका लागि २३४ रनको विशाल लक्ष्य पछ्याएको स्टारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन मात्रै बनाउन सक्यो । जसमा सुदर्शन भट्टले ४४, दिनेश जोशी ३० र आयुश ठगुन्नाले २७ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । पञ्चेश्वरका जयराम भट्टले ३ र विरेन्द्र नाथले २ विकेट हात पारे ।

अभिशेक प्लेयर अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग ९पिपिएल० क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय  (बिडिपिआइ)र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.