पन्ज्युनयाँ क्रिकेट: आजदेखि क्वाटरफाइनलका खेलहरू हुँदै

बैतडी: दोगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। समूह ए बाट बस्कोट सुपर किङस ए र न्वाली किङ्स तथा समूह बी बाट बस्कोट सुपर किङ्स बी र आयोजक शुसितम युवा क्लब ए क्वाटरफाइनल पुगेका छन्।

यस्तै समूह सी बाट हुनैनाथ मालिकार्जुन क्रिकेट टिम र आरती सप्लायर्स तथा समूह डी बाट चम्तडी स्टार र आयोजक शुसितम युवा क्लब बी टिम अन्तिम आठमा सुरक्षित भएका छन्। यसैबीच क्वाटरफाइनल फाइनलका खेलहरू आजदेखि हुँदेछन।

पहिलो क्वाटरफाइनलमा बस्कोट ए र आरती सप्लायर्स तथा दोस्रोमा न्वाली र हुनैनाथ मालिकार्जुन भिड्नेछन्। यसका साथै भोलि हुने पहिलो क्वाटरफाइनलमा बस्कोट बि र शुसितम बी तथा दोस्रोमा चम्तडी स्टार र शुसितम ए भिड्नेछन्।

असोज २९ गतेदेखि शुरू भएको प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुने आयोजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी १९ टोलीलाई ४ समूहमा विभाजन गरि खेलहरू भएका हुन्।

उपाधि विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो । यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १०र१० हजार, सर्बोत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बोत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो।

Leave A Reply

Your email address will not be published.