आज पहाडी भागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा आजको मौसम सफा छ । तर पहाडी भागमा केही ठाउँमा मौसम आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत पहाडी भागका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जिब अधिकारीका अनुसार ठूलो पानी पर्ने सम्भावना छैन। अबको तीन दिन र तिहारको मुख्य दिन भाइटीकासम्म मौसम यस्तै रहने पूर्वानुमान छ।

भाइटीकाको दिन कतै कतै पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी पूर्वी भागमा छिट्पुट पानी पर्न सक्ने अनुमान छ। तर यसबारेमा मौसम विभागले आधिकारीक बुलेटिन निकालेर जानकारी गराउने जनाएको छ।

Leave A Reply

Your email address will not be published.