काठमाण्डौ–न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० खेल्ने भएका छन् । अलराउन्डर कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
न्युजिल्यान्डका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलका कुगेलेइनले २३ खेलमा २७ विकेट लिएका छन् । यस्तै उनले एक सय ६२ टी–२० क्रिकेटमा एक सय ६८ विकेट लिनुका साथै एक हजार २२ रन बनाएका छन् । कुगेलेइनको आगमनले टोलीको बलिङ थप बलियो हुने सुदूरपश्चिम रोयल्सको विश्वास छ ।
सुदूरपश्चिमले यसअघि विदेशी खेलाडीको रूपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्गल्यान्डका ब्याटिङ अलराउन्डर सेफ अली जेबलाई अनुबन्ध गरेको थियो । यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हज प्रमुख मेन्टर छन् ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।