दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत थापा हाजिर

बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव मनबहादुर थापा हाजिर भएका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थापालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो।

यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका केशवराज सुवेदीको सरुवा भएपछि उनको स्थानमा थापालाई पठाइएको हो।नगरपालिकाका अनुसार थापा बुधबार कार्यालयमा हाजिर भएका हुन्।

उनलाई नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच स्वागत गरिएको छ। नगर प्रमुख पुष्करराज जोशीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले थापालाई स्वागत गरेका नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.