बैतडी-बैतडीमा आयोजना हुन लागेको जिल्लास्तरीय अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
बैतडी जिल्ला खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ता गर्ने समय समेत थप गरिएको छ। समितिले जारी गरेको सूचनाअनुसार टिम दर्ताको समय २०८३ कात्तिक १३ गते बिहान ८ बजेसम्मका लागि थप गरिएको हो। जिल्ला खेलकुद समितिले जनाएको छ।
जिल्लाका ८४ वटै वडाका महिला तथा पुरुष खेलाडीलाई सहभागी गराउने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
जिल्ला खेलकुद समितिका अध्यक्ष भूपेन्द्र चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रतियोगिता सफल बनाउन आवश्यक व्यवस्थापकीय तयारी सम्पन्न गरिएको बताउनुभयो।