नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ। पहिलो जितमा ५ कर्णालीलाई विकेटले हराएको सुदूरपश्चिमले आज दोस्रोमा गण्डकी प्रदेशमाथि ५ विकेटको जित निकाल्यो।
गण्डकीले दिएको १०३ रनको लक्ष्य सुदूरले २६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। जसमा आशिष लुहारले ३९,युवराज खत्रीले अविजित २७ र नरेन साउदले २० रनको विजयी इनिङ खेले। गण्डकीका अप्रजित पौडेलले ३ विकेट लिए।
यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी ३६।५ ओभरमा १०२ रनमा अलआउट भयो। उसका कप्तान अर्जुन कुमालले ३५ रन हाने। गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिम सचिन भट्टले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे।
म्यान अफ द म्याच समेत चुनिएका सचिनले ८।५ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ५ विकेट हात पारेका हुन्। यस्तै कप्तान हेमन्त धामी र युवराज खत्रीले २र२ विकेट झारे।
यो जितसंगै ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गण्डकी र मधेशको पनि समान ४ अंक भएपनि क्रमशः तेस्रो र चौथो स्थानमा छन्। चार खेलबाट आठ अंकका साथ लुम्बिनी शिर्ष र अंकविहीन कर्णाली पुछारमा छ।
कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ। सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन्।