विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दश बजे शुरु हुनेछ।

आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो। तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो।

लिग–२ मा नेपाल ११ खेलमा दुई जीतसहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ। अमेरिका १२ खेलमा १६ अङ्कसाथ शीर्ष स्थानमा छ। लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित दोश्रो स्थानमा छ।

नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन्। अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ। यो श्रृंखलाको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्न लागेको हो।

Leave A Reply

Your email address will not be published.