धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशसभाको विश्वास लिई राजनीतिक स्थायित्व तथा सुशासनको प्रत्याभूति दिनेगरी विकास प्रयास र सेवा प्रवाहको बलियो जग बसाउने बाटो तय गर्ने काम गरेको बताए ।
‘राजनैतिक अस्थिरताका बीच स्थिर र स्थायी सरकार दिनुपर्ने सन्देश दिन सफल भएका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘यस अवधिमा कानुनी संरचना निर्माण र प्रणाली सुधारमा केन्द्रित रह्यौँ ।’
साउन २० गते मुख्यन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकारले भदौ ३१ गते मात्रै बजेट ल्याएको थियो ।
चालु आर्थिक वर्ष २०८१÷८२ को सुरुआतका दुई महिना बजेट शून्यतामा रहेको वर्तमान प्रदेश सरकारले बाँकी अवधिमा कुल बजेटको ८ दशमलव २ प्रतिशत खर्च गर्न सकेको छ । यस अवधिमा लक्ष्यको तुलनामा २३ दशमलब ९४ प्रतिशत राजस्व परिचालन भएको छ ।
मुख्यमन्त्री शाहले आयोजना बैङ्कमार्फत आयोजनाको छनोट प्राथमिकीकरण तथा प्रतिफल र औचित्यका आधारमा योजनाको विनियोजन दक्षता र कार्यान्वयन कुशलताका लागि विद्युतीय ‘पोर्टल’ निर्माण भई आयोजना प्रविष्ट गर्ने कामलाई उपलब्धिमा समेटिएको छ ।
यस अवधिमा सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति–२०८१ र आपाङ्गतासम्बन्धी प्रदेश नीति–२०८१, बनेको र ऐनतर्फ प्रदेश निजामति ऐन ९पहिलो संशोधन० ऐन–२०८०, सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन–२०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक ९पहिलो संशोधन०–२०८१ पारित भएको विषयलाई उपलब्धिका रुपमा लिइएको छ ।