बैतडीको पाटन–७ का तीन दर्जन युवा रास्वपामा आवद्ध

बैतडीको पाटन नगरपालिका–७ घर भई रोजगारीको सिलसिलामा बाहिर रहेका युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन्। अनलाइन माध्यमबाट पार्टीको सदस्यता लिएका करीब तीन दर्जन युवाहरुलाई पार्टीमा भित्र्याएको रास्वपाका पाटन सभापति हेमन्त ऐरले जानकारी दिए।

अनलाइनबाट पार्टीको सदस्यता लिएकाहरुको सदस्यता प्रमाणीकरण गरेर उनीहरुलाई पार्टीमा भित्र्याएको सभापति ऐरले बताए। रोजगारीको सिलसिलामा बाहिर रहेका र पार्टीमा आवद्ध हुन चाहनेहरुलाई पार्टीमा आवद्ध गराएको सभापति ऐरले बताए।

पाटन नगरपालिकाभित्रका करीब दुई सय जनाले अनलाइनबाटै सदस्यता लिएको उनले बताए। पार्टीको संगठन विस्तार अभियान अन्तर्गत अन्तर्गत अनलाइनबाट समेत सदस्यता प्रदान गर्ने गरिएको सभापति ऐरले बताए।

Leave A Reply

Your email address will not be published.