खुल्ला टि–ट्वान्टी टेनीस वल क्रिकेट प्रतियोगितामा यौंग स्टार च्याम्पीयन

बैतडी : मेलौलीमा सञ्चालन भएको खुल्ला टि–ट्वान्टी टेनीस वल क्रिकेट प्रतियोगिताको उपाधी यौंग स्टार क्रिकेट क्लवले हात पारेको छ। यहि मंसिर २ गतेदेखी विठन्ने टाईगरको आयोजनामा सञ्चालन भएको खुल्ला टि–ट्वान्टी टेनीस वल क्रिकेट प्रतियोगितामा यौंग स्टार च्याम्पीयन बनेको हो।

विहीबार भएको फाईनल खेलमा दयाल स्पोर्टस क्लवलाई यौंग स्टारले १५७ रनेका तार्गेट दिएको थियो। १५७ रनको लक्ष्य पाएको दयाल स्पोर्टस १०.३ ओभरमा अल आउट हुदै ६६ रनमा समेटिएको बिठन्या टाईगर किर्केट प्रतियोगिताका प्रायोजक नारद प्रसाद ओझाले बताउनुभयो।

प्रतियोगिताको विजेता यौंग स्टारले २२ हजार २ सय २२ र उपविजेता दयाल स्पोर्टसले ११ हजार १ सय ११ रुपैया प्राप्त गरेको खेलकुद संयोजक गणेश नेगीले बताउनुभयो।

यसैगरी उत्कृष्ट ब्याट्सम्यान यौंग स्टारका बुद्धिमान बिष्टलाई एक हजार, दयाल स्पोर्टसका उत्कृष्ट बलर सन्देश दयाललाई एक हजार र म्यान अफ द सिरिज पनि दयाल स्पोर्टसकै सन्देश दयाललाई १ हजार ५ सय रुपैँया पुरस्कार दिईएको संयोजक नेगीले बताउनुभयो।

बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई बिशिष्ट अतिथि समेत रहेका पण्डित मोहन दत्त ओझाले पुरुस्कार वितरण गरेको थिए। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मेलौली नगरपालिकाको खेलमैदानमा विठन्नेमा प्रतियोगिता सञ्चालन भएको हो।

Leave A Reply

Your email address will not be published.