एनपीएल: आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन्।

पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्। लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ। चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ।

आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन्। यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ। कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ। समान २र२ अङ्क भएका कर्णाली छैटौं र विराटनगर सातौं स्थानमा छन्।

तीन वटै खेल जितेको जनकपुर बोल्ट्स ६ अङ्कसहित एनपीएलको शीर्ष स्थानमा छ।

Leave A Reply

Your email address will not be published.