उदयदेव प्रिमियर लिग–२ हुने, ६ गते ट्रफी अनावरण

बैतडीको पाटन नगरपालिका ६ स्थित पाटन भ्याली क्रिकेट क्लबले दोश्रो संस्करणको उदयदेवि प्रिमियर लिगको तयारी थालेको छ। उदयदेव प्रिमियर लिग आयोजना गर्नको लागि यही पुस ६ गते पत्रकार सम्मेलनको आयोजना गरिदैछ। सोहीदिन ट्रफी अनावरण गर्ने योजना रहेको पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोश जोशीले जानकारी दिए।

प्रतियोगिताको अवधिभर यहाँका धार्मीक पर्यटनसँग जोडिएका क्षेत्रको व्यापक प्रचार गर्ने योजनासहित प्रतियोगिताको आयोजना गरिने बताइएको छ। धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचार प्रशार गर्ने र प्रतियोगितालाई पर्यटनसँग जोड्ने उदेश्यसहित क्रिकेट प्रतियोगिता आयोजनाको तयारी भइरहेको उनले बताए।

गत वर्षको भन्दा यस वर्ष थप परिस्कृत गरी प्रतियोगिता गरिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.