डडेल्धुरा: अजयमेरुले पुस १६ देखि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्दै

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड पुस १६ देखि सञ्चालन गर्ने भएको छ। पुस १६ र १७ गते सञ्चालन हुने छैठौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी भइरहेको एक सूचना मार्फत जानकारी गराएको छ । चम्बेताल खेलमैदान अजयमेरु ३ मा सम्पन्न हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयहरुले सहभागिता जनाउने छन्।

प्रतियोगितामा छात्ररछात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टलगायतका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ। देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरूमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन्।

Leave A Reply

Your email address will not be published.