पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरलाई १८५ रनको चुनौती दिएको छ।
सुदूरपश्चिमले निर्धारित २० ओभरमा विकेटको ९ क्षतिमा १८४ रन बनायो । जसमा शैफ जैबले सर्वाधिक ६९ र विनोद भण्डारीले ४१ रनको योगदान गरे। जनकपुरका मोहमद मोसिम र किशोर महतोले ३र३ विकेट लिए।
बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको थियो। समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो। समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो। अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ।
यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ।विजेताले १ करोड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।
नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १५ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको थियो।