ओलीले एमाले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कस्तो छ?

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य भयो र माओवादीसँग किन सहकार्य टुट्यो भन्ने प्रसङ्ग उल्लेख छ।

यस्तै कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त पनि प्रस्तुत गरिएको छ। माओवादीसँगको सत्ता सहकार्य प्रचण्डका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै कांग्रेससँगको सहकार्यपछि नयाँ राजनीतिक कोर्स बनेको उल्लेख छ। प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ।

यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन 

8th CC Report (Political) – readable text

Leave A Reply

Your email address will not be published.