प्रधानमन्त्री कप महिला क्रिकेट: सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

बैतडी: प्रधानमन्त्री कप टि-२० महिला राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार प्रतियोगिताका लागि २० जनाको प्रारम्भिक टोली घोषणा गरिएको हो।

टोलीमा पर्ने खेलाडीहरूमा बिन्दु रावल,रितु कनौजिया,करिश्मा थापा,जानकी थापा,ममता बोहरा, रविना साउँद,अल्फा श्रेष्ठ,सविना नेगी,रेवती धामी,मञ्जु विष्ट रहेका छन्। यस्तै शोभा रोकाया,मनिशा बोहरा,चेतना कुँवर,जयन्ती भण्डारी,आशिक महरा,रेजिना जागरी, रविना धामी,गिता चन्द,मनिशा खत्री र कविता कुँवर पनि प्रारम्भिक टोलीमा अटाएका छन्।

पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको हो। प्रदेशस्तरीय छनौटमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बनेको थियो।

प्रारम्भिक टोलीको आजदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा बन्द प्रशिक्षण सुरू भएको र बन्द प्रशिक्षणमा राम्रो प्रदर्शनका आधारमा अन्तिम टोली सार्वजनिक गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ।

Leave A Reply

Your email address will not be published.