बैतडीको शिवनाथमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

बैतडी: शिवनाथ गाउँपालिकामा आजदेखि पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ। नागार्जुन माध्यमिक विद्यालय शर्मालीको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भएको प्राविधिक सहायक रमेश चन्दले बताउनुभयो।

No description available.

गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदको सभाध्यक्षतामा उद्घाटन गरिएको समारोहमा बैतडीको पाटन नगरपालिकाका प्रमुख गौरी सिह रावल प्रमुख अतिथी रहनुभएको थियो। यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद, प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महता, जिल्ला खेलकुद समितिका अध्यक्ष चमन भण्डारी लगायत बिभिन्न सघं सस्थाका प्रमुख एव वडाध्यक्षहरुको उपस्थिति रहेको विद्यालय निरिक्षक दिनेश साउँदले बताउनुभयो।

No description available.

प्रतियोगितामा ९ विद्यालय सहभागि भएका छन। आजबाट सुरु भएको प्रतियोगिता तिनदिन सम्म चल्ने छ।

No description available.

यो प्रतियोगितालाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारीका रुपमा समेत लिइएको गाउँपालिकाले जनाएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.