नेपालको पासपोर्ट र्‍याङ्किङमा झिनो सुधार

नेपालको राहदानीको स्तर केही सुध्रिएको द न्युज इन्टरनेशनलले जनाएको छ। ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकको विश्व वरीयतामा नेपालको स्तर केही सुध्रिएको हो।

सन् २०२५ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ। हेन्लीले सार्वजनिक गरेको गत वर्षको सूचीमा नेपाल १०३औं स्थानमा थियो। उक्त सूचीमा पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोर मध्येमा परेको छ।

राहदानी सूचकाङ्कमा सिङ्गापुर शीर्ष स्थानमा छ, जसको राहदानीवाहकलाई १९५ देशहरूमा भिसा लगाउनु पर्दैन। यो पछि जापान, फ्रान्स, जर्मनी, इटाली र स्पेन लगायत धेरै युरोपेली देशहरू छन्, जुन अहिले १९२ गन्तव्यहरूमा भिसा नलगाई प्रवेश पाउँदै तेस्रो स्थानमा छन्।

कुनै समय शीर्ष स्थानमा रहेका फिनल्याण्ड र दक्षिण कोरिया जस्ता देश पनि गत वर्ष एक स्थान तल झरेका छन् । इराक (१०४ औं), सिरिया (१०५ औं) र अफगानिस्तान (१०६ औं) पाकिस्तान भन्दा कमजोर पासपोर्ट भएका देशहरू छन्।

यसैबीच, सोमालिया, नेपाल, प्यालेस्टाइन र बङ्गलादेश जस्ता राष्ट्रहरू पाकिस्तानभन्दा माथि छन्। सोमालिया १०२ औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ।

यो सूचीमा तल्लो श्रेणीमा पर्नुले यहाँका नागरिकको विश्वव्यापी पहुँच र अवसरहरूको सीमितताको प्रतिनिधित्व गर्दछ। यो सूचीमा नेपाल सन् २००६ मा ७६औं स्थानमा थियो।

Leave A Reply

Your email address will not be published.