बैतडी : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले आज लुम्बिनी प्रदेशमाथि ७५ रनको जित गर्ता गर्यो।
यसअघि पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउदै विजयी सुरूआत गरेको थियो। सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९।१ ओभरमा ५२ रनमा समेटियो। जसमा सरस्वती पुनले १४ र सरस्वती जिएमले १२ रन बनाइन्।
सुदूरका रेवती धामीले ३, आशिका महराले २,रितु कनौजिया, कविता कुँवर,जानकी थापा,करिश्मा थापाले १र१ विकेट लिइन्। यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२७ रन बनायो। सुदूरका लागि कविता कुँवरले ३३ बलमा ८ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारि खेलिन्।
यसैगरी मनिसा बोहोराले २३ रन बनाउँदा रितु कनौजियाले १८ रनको नट आउट रहिन्। लुम्बिनीका लागि सरस्वती पुनले ३ विकेट लिइन्। मधु डिसी र सम्झना मगरले एक एक विकेट लिए।
सुदूरपश्चिमकि कविता कुँवर प्लेयर अफ द म्याच चुनिइन्।
इउगिक)ज्ञघज्ञण्ठद्द
लगातार दोस्रो जितसंगै ४ अंकका साथ सुदूरपश्चिम अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ।
समान ४ अंक रहेको एपिएफ नेटरनरेटका आधारमा पछि पर्दै दोस्रो स्थानमा छ।