मेलौली नगरस्तरीय शिल्डः कुन विद्यालयको कस्तो नतिजा, कति निल?

बैतडी : मैलौलीमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवार सम्पन्न भएको छ। माघ ११ गतेबाट सुरु भएको प्रतियोगिता सोमवार सम्पन्न भएको हो।

प्रतियोगिताको उपाधी विशालपुर मा.वि विशालपुले हात पारेको छ। तर गत वर्ष उपाधी हात पारेको मणिलेक मा.विले भने उपविजेतामा चित्त बुझाएको छ। अरु विद्यालयको पनि खासै चित्त बुझ्दो नतिजा देखिएको छैन।

कुन विद्यालयको कस्तो नतिजा?
उपाधी हात पारेको विशालपुर मा.वि विशालपुर १२ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित सहित पहिलो स्थानमा छ। यस्तै मणिलेक मावि काडाँ १० स्वर्ण ८ रजत र ५ कास्यपदक सहित दोस्रो नम्बरमा रहेको छ।

जगदम्वा मावि हतरङ्गाले भने २ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित तेस्रो स्थानमा रहेको छ। धर्मघर मा.वि सलेना २ स्वर्ण २ रजत ३ कास्यपदक सहित चौथो, कमलपुर मा.वि कोटिगाँउ २ स्वर्ण १ रजत २ कास्य पदकसहित पाचौं, शितलपुर मा.वि १ स्वर्ण ३ रजत ११ कास्य पदकसहित छैटौ स्थानमा रहेको छ।

यसैगरी दुर्गा मा.वि खलिगाड १ स्वर्ण २ रजत ३ कास्य पदकसहित सातौं, केदारेश्वर मा.वि दुर्गास्थान २ रजत २ कास्य पदक सहित आठौं, भरतपुर मा.वि गाउँकोट २ रजत २ कास्य पदकसहित नवौं, विजयपुर मा.वि तितावै १ रजत १ कास्य पदकसहित दशौं, सुर्दशन मा.वि लिखोडा १ रजतसहित एगारौं स्थानमा रहेको नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भण्डारी सागरले बताउनुभयो।

प्रतियोगितामा प्रितिपुर मा.वि लेक निल आएको छ। अधिकांश विद्यालयहरुले खेलमैदानको अभाव, खेलकुद सामग्रीको अभाव र खेल प्रशिक्षकको अभावका कारण खेलकुदमा खासै प्रगति गर्न सकेका छैनन।

Leave A Reply

Your email address will not be published.