सहिद दिवसको अवसरमा मणिलेक माविमा क्रिकेट प्रतियोगिता सुरु

बैतडी-सहिद दिवसको अवसरमा मणिलेक नमुना माद्यामिक बिद्यालयमा मेलौलीमा खेलकुद प्रतियोगिता सुरु भएको छ ।मेलौली नगरपालिका ७ काँडामा रहेको बिद्यालयमा अन्तर सदनात्मक क्रिकेट प्रतियोगीता सुरु भएको लेखापाल रामचन्द्र ओझाले जानकारी दिनुभयो ।
खेलकुद कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय निमित्त प्रधानाध्याप कृष्ण दत्त भट्टले बिद्यार्थीको सम्पुर्ण बिकासका लागि खेलकुद पनि महत्वपूर्ण रहेको बताउनुभएको छ । यस्तै निवर्तमान प्रधानाध्यापक रमेश दत्त बागले खेलकुद बिधा राष्ट्र कै गहना भएको हुँदा बिद्यालय स्तरबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । २ दिन सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा आधारभुत र माद्यमिक तहका छात्र छात्राहरुको १७ टिमको सहभागीता रहेको छ ।
सोमवार सम्पन्न भएको मैलौली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा १० स्वर्ण ८ रजत र ५ कास्यपदक सहित मणिलेक माविले दोस्रो प्राप्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.