बैतडीको दशरचन्दमा रनिङ शिल्ड सम्पन्न, केदार नार्गाजुन माविलाई उपाधी

बैतडीको दशरचन्द नगरंपालिकामा सञ्चालन भएको पालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि केदार नार्गाजुन मावि बगलेखानले जितेको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको पालिका स्तरिय प्रतियोगितामा ८ स्वर्ण, ३ रजत, ३ कास्य पदक जित्दै बगलेखानले उपाधि जितेको हो ।

यस्तै प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेर निङ्गलाशैनी मावि देहीमाण्डौं दोश्रो भएको छ। प्रतियोगितामा ५ स्वर्ण, २ रजत र २ कास्य पदक जितेर दानेश्वर नागार्जुन मावि तेश्रो भएको छ। पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्डमा पालिकाभरिका २२ बिद्यालयले सहभागिता जनाएका थिए ।

वडा नं. २ स्थित निगलाशैनी खेलमैदान खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्ड कार्यक्रम आज सम्पन्न भएको छ । उक्त समापन कार्यक्रमको अध्यक्षता नगरँपालिका प्रमुख पुस्कर राज जोशी र प्रमुख अथिती दोगडाकेदार गाउपालिकाका प्रमुख चक्र बहादुर कार्काी रहेका थिए ।

यस्तै रनिङ शिल्डमा सहयोग गर्ने सम्पुर्णलाई धन्याबाद दिँदै खेल क्षेत्रको विकासका लागि अगामि दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गरिने नगरखेलकुद बिकास समीती अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.