यू–१९ राष्ट्रिय क्रिकेट स् सुदूरपश्चिमको टोली घोषणा


चैत १, मंगलबार २०७८

बैतडी -मुख्यमन्त्री कप उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका प्रतियोगिताका लागि अनुसार १४ सदस्यीय टोली घोषणा गरिएको हो।

छनौट टोलीमा स्नेहा महरा, मनीषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनीषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा अटाएका छन्।

यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनीषा बोहरा वैकल्पिक खेलाडीको रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम क्रिकेट प्रशिक्षक जानकी कुमारी भट्ट बताइन्।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा उन्नाइस वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै छ।

उन्नाइस वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो। धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका सातै प्रदेशको सहभागिता रहनेछ। उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

विनोद सिंह विष्ट………

Leave A Reply

Your email address will not be published.