बैतडीका पहाडी बस्ती रित्तिदैँ, तराईको मोहले गाउँहरू सुनसान

बैतडी : आजभोली पहाडी बस्तीहरु दिनप्रतिदिन रित्तिदैँ गईरहेका छन। रोजगारी, सडक, स्वास्थ्य, शिक्षाको असुविधासँगै खानेपानीको चरम अभावले नागरीकहरु बस्ती छाड्दै गईरहेका छन।

जीवनयापन सहज बनाउन, सन्तानलाई राम्रो शिक्षा दिन, स्वास्थ्य सेवा नजिक पाउन तथा रोजगारीका अवसर खोज्न धेरै परिवारहरू पहाड छोडेर तराईतिर सर्ने गरेको बैतडीको मेलौली नगरपालिका–०८ का शिक्षक बिरुवा राम लुहारले बताए।

प्रायः चहलपहल हुने गाउँहरू आजभोली सुनसान बन्दै गएका छन्। पहाडी बस्ती छोडेर तराईतिर बसाईसराई सर्नेको सख्या बढ्दै गएपछि खेतीयोग्य जमिनसमेत बाँझो रहन थालेको शिक्षक लुहारले बताउनुभयो।

सुविधा खोज्दै मानिसहरू तराई झर्दा पहाडका घरहरु खण्डहर बन्न थालेका छन। पहिले बुढाबुढी, युवा, बालबालिका सबै भेटिने गाउँहरुमा आजभोली वृद्धवृद्धा मात्रै छन। युवाहरु रोजगारीको लागि भारत तथा बिदेश गएसगैं छोराछोरी र श्रीमति तराई जाने क्रमले अहिले गाउँमा वृद्धवृद्धा मात्रै भेटिने गरेको छन।

पहाडी गाउँ छोडेर तराई गएकाहरूले आफ्नो जीवन सहज बनाएपनि पहाडका खेतबारी भने बाँझो रहन थालेका छन। पहाडमा आजभोली सोचेजस्तो अन्न उत्पान हुन छाडेपछि गाउँको आत्मनिर्भर अर्थतन्त्र संकटमा परेको छ। यसमा खासै कसैले चासो दिएका छैनन।

युवाहरु बिदेश र अधिकांश परिवार तराईतिर गएसगै कुनै कुनै ठाउँमा मलामी जाने मान्छेहरु पाउन समेत मुस्किल भएको छ। गाउँका बिहे, मेलापर्व र मठमन्दिरका पुजामा समेत रौनक हराएको छ।

पहाडका गाउँहरू जोगाउनका लागि सरकारले विशेष नीति निर्माण गर्न आवश्यक छ। गाउँ छोड्ने क्रम यसरी नै बढ्दै गएमा केही दशकपछि नेपालका धेरै पहाडी गाउँहरू अस्तित्वविहीन हुने सम्भावना छ। यो समस्या समाधान गर्न समयमै प्रभावकारी कदम चाल्नु आवश्यक छ।

Leave A Reply

Your email address will not be published.